×

काठमाडौं ५ असार । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आगामी ३ दिन प्रमुख र मझौला नदीमा बहाव केहि बढ्ने बताएको छ ।

महाशाखाले शुक्रबार बिहान गरेको अपिलमा बहाव बढेपनि सतर्कता तहभन्दा तलै रहने जनाएको छ ।

शुक्रबार तिनाउ, कञ्चनखोला, बाणगङ्गा, अरुणखोला लगायत नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, रुकुम, दैलेख, सुर्खेत र आसपास भई बहने स-साना खोलाहरुमा आकस्मिक बहावको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Back to top