×

वीरगञ्ज ४ असार । वीरगञ्जका दैनिक पत्रिकालाई मासिक १५ हजारमा नघट्ने गरि बिज्ञापन उपलब्ध गराउन नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जाराले बिज्ञापन उपलब्ध गराउनुपर्ने धारणा राख्नुभएको छ ।

वीरगञ्ज महानगरपालिकाले आगमी बजेट नीति तथा कार्यक्रमका बारेमा छलफल कार्यक्रमको आयोजना गरेकाे थियाे ।

छलफल कार्यक्रमा नगर प्रमुख बिजय कुमार सरावगीले वीरगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिकाको सम्पादक प्रकाशकहरुसंगकाे भेटघाटमा महानगरपालिकाले पत्रपत्रिकाहरुसंग सहकार्य गर्न तयार रहेको र पत्रिका संचालकहरुको पीडा आफुलाई थाहा भएको धारणा ब्यक्त गर्नुभयाे । सरावगीले पत्रपत्रिकालाई सहयोग गर्न तयार रहेको र त्यसको लागि नीति बनाएर नै अघि बढ्न सबैसंग छलफल गरिरहेका समेत बताउनुभयो ।

कार्यक्रममा उप प्रमुख शान्ति कार्कीले आफु पत्रकारहरुलाई सहयोग गर्न कन्जुस्याईं नगर्ने पक्षमा रहेको बताउनुभयो भने नपाका कार्यकारी सचिब प्रदिप कुमार निरौलाले नपाको आन्तरिक आय स्रोतको अवस्था हेरेर नीति बनाउने बताउनुभयो । सो अवसरमा नपाका सल्लाहाकार गोबिन्द देवकोटाले सहयोगको बिभिन्न मोडलको बारेमा आफुहरु सबै क्षेत्रका संचारसंग परामर्श गरिरहेको धारणा राख्नुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जाराले समग्र संचारजगतलाई नपाले उल्लेख्य सहयोग गर्नुपर्ने धारणा राख्नुहूंदै बिज्ञापन नीति बनाएर कार्यन्वयन गर्न माग गर्नुभयो । उहाँले प्रति पत्रिकालाई मासिक रुपमा १५ हजारमा नघट्ने गरि नपाले बिज्ञापन उपलब्ध गराउनुपर्ने धारणा राख्नुभएको थियो ।

Back to top