वीरगञ्ज ४ असार । नेपाल विद्यार्थी संघ ठाकुरराम बहुमुखी क्याम्पस इकाई समितिले विभिन्न ६ बुँदे माग सहित महानगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।
नेविसंघले वीरगञ्ज महानगरापलिकाले पीसीआर मेशिन खरिदको आम्दानी र खर्च पारदर्शी बनाउन, ठाकुर राम बहुमुखी क्याम्पस लगायत वीरगञ्जमा रहेका सम्पूर्ण विद्यालयहरुको कोरेन्टाइनलाई मानवीय मापदण्ड अनुसार व्यवस्थित गर्न ।
कोरेन्टाइनको रुपमा प्रयोग भएका ठाकुरराम बहुमुखी क्याम्पस लगायत महानगरमा रहेको विद्यालयहरुको सम्पूर्ण विजुलीको भुक्तानी, शौचालय सरसफाई तथा सेनीटाईजिङ चाडो गर्नुपर्ने माग गरेका छन् ।
त्यस्तै वीरगञ्ज महानगरपालिकामा रहेका घरहरुको लाग्ने घरभाडाको टीडीएस नेपाल सरकारको मापदण्ड अनुसार माफ गरिनुपपर्ने, वीरगञ्ज महानगरपालिकाले लिने व्यवसायिक कर माफ गरिनुपर्ने, वीरगञ्ज महानगरपालिकाको हरेक वडाहरुको फोहोर व्यवस्थापन यथासिघ्र गरिनुपर्ने लगायतका माग राखेका छन् ।
ज्ञापनपत्र बुझ्दै महानगर प्रमुख विजय कुमार सरावगीले विद्यार्थीहरुले राखेको जायज मागहरुको क्रमशःसमाधान गर्दै जाने आश्वासन दिनुभयो । नेविसंघ इकाई अध्यक्ष मनोज कुमार साहको नेतृत्वमा संघका विद्यार्थीहरु ज्ञापनपत्र बुझाउन गएका थिए ।