वीरगञ्ज ४ असार । वीरगञ्ज महानगरपािलकाकाको वडा नम्बर १८ को नवनिर्मित भवनको आज उदघाटन गरिएको छ । महानगर प्रमुख विजय कुमार सरावगीले वडा नम्बर १८ भवानीपुरमा निर्मित वाडा कार्यालय भवनको उद्घाटन गर्नु भएको हो ।
करिब एक करोड को लागतमा निर्माण भएको वडा नम्बर १८ को कार्यालय महानगरको सबैभन्दा नमूना र आधुनिक हिसाबले निर्माण भएको छ । आगामी आर्थिक बर्षमा थप तीन वटा वार्ड कर्यालय आवशयक्ता अनुसार जरुरी रहेको वडाहरुमा निर्माण गरिने महानगरप्रमुख सरावगीले बताए ।
वडा अध्यक्ष ब्रह्मदेव राउत कुर्मीको अध्यक्षतामा भवन उदघाटन सम्पन्न भएको महानगरपालिकाका नगर प्रमुख सरावगीका राजनीतिक सल्लाहाकार मूकेश द्विवेदीले जानकारी दिनुभयो ।