वीरगञ्ज ३ असार । लकडाउन खुकुलो भएपछि विकास निर्माण कार्यहरुले तिब्रता लिएको छ । कोरोना रोग संक्रमणलाई मध्यनजर गर्दै सरकारले घोषण गरेको लकडाउन कारण वार्षिक विकास निर्माण कार्यहरु रोकिएका थिए ।
आर्थिक बर्षको अन्तिम महिना भएको कारणले पनि बन्दाबन्दीबाट प्रभावित भएका विकास निर्माणहरुलाई संघीय, प्रदेश तथा स्थानिय सरकारहरुलाई अहिले निर्माण कार्य सम्पन्न गर्न चटारो लागेको छ । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २४ को बहुअरीमा निर्माण भइरहेकको सडक ढलान कार्यको बुधबार दिउसो शिलान्यास गर्नुभएको छ ।
प्रदेश सभासद कोषबाट ५० लाखको लागतमा निर्माण भइरहेको सडक ढलान कार्यलाई स्थानि श्रीराम सडक निर्माण उपभोक्ता समितिले गरिरहेको छ । शिलान्यास कार्याक्रममा बोल्दै प्रदेश सांसद रमेश पटेलले गाउँ देखि सहरसम्मको सबै सडकहरुलाई पकि सडक बनाउने प्रदेस सरकारको मुख्य लक्ष्य रहेकोले आफुले विकास निर्माणलाई तिब्रता दिएको बताउनु भयो ।
भौतिक विकासलाई जोड दिँदै प्रदेशको जनताको जनजिवनलाई सहज बनाउन सकिने उहाको भनाइ रहेको थियो ।सडक ढलान कार्यक्रममा वडा नम्बर २४ का वडा अध्यक्ष दशरथ पटेल, वडासदस्य रामकेश्वर कुशवाहा, उपभोक्ता समितिका शिवशंकर द्धिवेदी, विरवल यादव, रामनाथ कुशवाहा, रामबाबु सर्राफ, सुग्रीम यादव, पवन पासवान, आसनेहा कुशवाहालगायतको उपस्थिती रहेको थियो ।