×

वीरगंज, ३ असार । पर्साको पटेर्वासुगौली गाउँपालिका–५ स्थित क्वारेन्टाइनमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने तीनजनालाई पक्राउ गरिएको जिप्रका पर्साले जनाएको छ।

जेठ ३१ गते पटेर्वासुगौली गापा–५ नेरामावि निचुटामा रहेको क्वारेन्टाइनमा सोही गाउँका २८ वर्षीय श्रीराम चमार, ३२ वर्षीय श्रीराम चमार र २६ वर्षीय रामबालक हजरा दुसाधलाई पक्राउ गरिएको र सार्वजनिक अपराधमा मुद्दा दर्ता गरेको जिप्रका, पर्साले जनाएको छ। उनीहरूले क्वारेन्टाइनमा छिर्ने क्रममा प्रहरीले रोक्दा प्रहरीलाई दुव्र्यवहार, गालीगलौज गरेको आरोप लगाइएको छ।

Back to top