वीरगञ्ज ३ असार । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्न सरोकारवालाहरुसँग छलफल गरेको छ । आर्थिक बर्ष २०७७/०७८ को लागि प्रस्तुत गर्ने नीति तथा कार्यक्रमबारे सुझाव लिन नागरिक समाजससँग आज छलफल गरेको हो ।
छलफलमा नागरिक समाजले कोरोना महामारीमा केन्द्रीत हुनपर्ने, भौतिक संरचना मर्मत संभार, सुशासन उपभोत्ता हित संरक्षण करको सदूपयोग गर्न, करको दायरा बढाउन र मितव्ययी कार्यक्रमहरु ल्याउन सुझाव दिएका छन् । पर्यटकीय स्थलहरुको पहिचान गरी अनलाई शिक्षालाई प्रभावकारी बनाउनुपर्ने लगायतका सुझाव पनि दिएका छन् ।
नागरिक समाजको तर्फबाट आएको सुझावपछि बोल्दै महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले अगामी आर्थिक बर्षमा शिक्षा र स्वास्थ्यमा दोब्बर बजेट बिनयोजन गर्न लागेको जानकारी दिनुभयो । उहाले स्वास्थ्य र शिक्षाको बजेट दोब्बर बनाउने, घरघरमा विशेषज्ञ सेवा र औषधिको सेवा पु¥याउने योजना रहेको जानकारी दिनुभयो ।
महानगरपालिकाले २ करोड ५० लाखको पौष्टिक आहार महिला तथा बालबालिकालाई वितरण, चर्म रोग र गर्भवती महिलाको आङ खस्ने समस्या समाधानका लागि कार्यक्रम, साक्षर वीरगन्जको घोषणा गरिने, २ चरणमा विद्यालय संचालन गरिने विद्यालयलाई निःसंक्रमण गरिने, साबुन र पानीको व्यावस्था गर्ने । त्यसको लागि चार करोड रुपैंया लागत बढ्ने पनि अनुमान गरिएको बताउनुभयो ।
स्वच्छ पिउने पानीको स्रोत, हरियाली बनाउन ३ करोड ३० लाख रकम खर्च गरी ६० देखि ८० हजार विरुवा रोपिने योजना रहेको बताउनुभयो । अहिले १० हजार किलो फोहोर दैनिक निस्किने गरेको र यस्तो अस्पतालजन्य फोहोर व्यावस्थापनका लागि ७ करोड लागतको स्वचालित मेशिन जडान गरि व्यावस्थापन गरिने बताउनुभयो ।
३५ हजार घरमा कुहिने र नकुहिने फहोरलाई छुट्याएर राख्न डष्टविन वितरण गरिने, २४ करोडको उज्यालो वीरगन्ज कार्यक्रम ल्याईने छ । २३ करोडको बजेट सिलिङमा ७ करोड, ३ करोड नगरस्तरीय योजना र सातसय विद्यार्थीलाई परिक्षामा बस्ने सक्ने भवन बनाउने योजना रहेको पनि बताउनुभयो । नाला ढाक्ने कच्चा नालालाई पक्का बनाउने, महिला उद्यमशीलता बढाउने योजना पनि रहेको बताउनुभयो ।
छलफलमा महानगर उपप्रमुख शान्ति कार्की, प्रमुख प्रशासकीय अधिकृत प्रदिप निरौला, नागरिक समाजका अगुवा प्रा.डा. दिपक शाक्य, रोशनभक्त श्रेष्ठ, समाजिक संस्था जिल्ला समन्वय समितिका अध्यक्ष ईब्राहिम देवान, रामकान्त पटेल, अधिवक्ता कमलमोहन पोखरेल, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, मेयरका प्रेस सल्लाहकार गोविन्द देवकोटा, अधिवक्ताहरु रमेश्वर सेढाई, विनय सिंह, पत्रकारहरु महेश दास, के.सी लामिछाने, महानगरका आन्तरिक लेखा परिक्षक हरिशंकर कुर्मीलगायतको सहभागिता रहेको थियो ।