×

वीरगञ्ज २ असार । नेपाली कांग्रेस पर्साले पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने, आरडीटी परीक्षण बन्द गराउनुपर्नेलगायतका माग राखेर पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पर्सामा गएको नेताहरुको टोलीले प्रजिअ मार्फत प्रधनमंत्रीलाई आज ज्ञापन पत्र बुझाएको हो ।

उनीहरूले पीसीआर टेष्टको दायरा बढाउनुपर्ने, क्वारेन्टाइन व्यवस्थित हुनुपर्ने, अस्पतालको व्यवस्थापनमा जुट्नुपर्ने, स्वास्थ्य सामग्री खरिदमा भएका अनियमितताबारे छानबिन गर्नुपर्ने, विदेशबाट नागरिकको उद्धारमा भएको अनियमितताको समेत छानबिन गर्नुपर्नेलगायतका माग राखेर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेलले जानकारी दिनुभयो।

ज्ञापन पत्र मार्फत नेपाली कांग्रेसले कृषि, पर्यटन, र उधोग ब्यवसायलाई पुन उत्थानालागि सरकारले कुनै कार्यक्रम ल्याउन नसक्नु, श्रमीक रोजगार बिद्यार्थी, अपाङगता भएका ब्यक्ति एकल महिला र गर्भवतीहरुलाई कुनै राहत नदिएकोमा समेत चिन्ता ब्यक्त गरेको छ ।

भोकको समस्याका कारण मानिसले मृत्युवरण गरिसकेको अवस्थामा सरकार असम्बेदनशील रहेको नेपाली कांग्रेस पर्साले ज्ञापन पत्रमा उल्लेख गरेको छ ।

टोलीमा सम्बिधान सभाका सदस्य नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरी, रामेश्वर रौनीयार,ओमप्रकाश शर्मा,राजेश्वर साह नेता बीरेन्द्रलाल नेपाली रामनारायण कुर्मी, बिजय सर्राफ, प्रकाश उपाध्याय, किशोरी साह, रामरुप कुर्मी, दीना गुप्तालगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Back to top