×

आदरणिय अभिभावक ज्यू, बुद्धिजीवि वर्ग, व्यापारी, पत्रकार तथा विद्यार्थी भाइवहिनीहरु विश्वब्यापि महामारी कोभिड-१९ (कोरोना) को विषम परिस्थितिमा तपाईहरुको प्रगतिशील र होनाहार छात्रछात्राहरुको नर्सरी देखि कक्षा ९ सम्मको भर्ना, कक्षा अपग्रेडि¨, नया“ भर्ना, क्भ्भ् परीक्षा, कक्षा ११ तथा कक्षा १२ को वार्षिक परीक्षा, स्नात्तक तथा स्नाकोत्तरको परीक्षा लगायत विभिन्न कार्यक्रमहरु समेत छताछुल्ल रहेको अवस्थामा ८० दिन पश्चात् नेपाल सरकारद्धारा मिति २०७७ जेठ २९ गतेमा गरिएको एसइइ स्थगन तथा आन्तरिक मुल्यांकन गर्ने निर्णय स्वागत योग्य रहेको छ ।

केहि मेहनती छात्रछात्राहरु पक्कै पनि असन्तुष्ट हुनुहुन्छ, किनभने आफ्नो दरिलो मेहनतले आमा बुवा तथा समाजलार्ई खुशी पार्ने योजना थियो होला तर नआतिनुस, तपाईको मेहनत खेर जाने छैन् । अब तपाईहरुलाई कक्षा १२ को बोर्ड परीक्षामा आफ्नो क्षमताको प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ । हाम्रो बुझाईमा एसइइलाई विद्यालयको फलामे ढोका भनि तनाव खेप्ने र महंगो भड्काउ प्रणालीको रुपमा विकसित भइरहेको थियो । अभिभावकज्यूहरु स्वयंम्ले माध्यमिक तहको कक्षा १० पछि आफ्ना विद्यार्थीहरुलाई कलेजको नाममा कक्षा ११ र १२ मा अध्यापन गराउन २ बर्षमै तीन चार लाखसम्म खर्च गरी विद्यार्थीहरुलाई बाहिर पठाउने चलन रहेको र १५/१६ बर्षकै कलिलो उमेरका बालबालिकाहरु खराब सङ्गतमा परेको घटनाहरुले हामीलाई पिरोली रहेको थियो/छ ।

अब आफ्नै शहर तथा घरमा बसि चोखो मिठो खाई कक्षा १२ सम्मको अध्ययन गर्ने वातावरण बनेकाले सबै क्षेत्रलाई सरल, सहज बनाउने प्रचुर सम्भावनाको विकास भएको छ । तसर्थ आम अभिभावक, बुद्धिजीवि, शिक्षक, पत्रकार, विद्यार्थी सबैलाई वीरगञ्ज कलेजमा सबै प्रकारको सुविधा रहेको व्यहोरा अवगत नै छ । तसर्थ २०७७ आषाढ १ गते देखि कक्षा ११ को कानुन, ब्यवस्थापन, शिक्षा तथा पत्रकारिता समुहको अनलाइन एडमिसन फारम भरी इन्ट्रान्स परिक्षा र र भर्नाको लागि समयमै आफ्नो सिट सुरक्षित गराउनु हुन अनुरोध गर्दछौँ ।

ब्यवस्थापन, शिक्षा, कानुन, पत्रकारिता समूहका सबै विषयहरु पठन-पाठन गराइने यस क्षेत्रमा सबैभन्दा बढी रिजल्ट दिन सफल तथा कक्षा ११ र १२ मा उपत्यका बाहिर कानुन तथा पत्रकारिता समूहमा कक्षा संचालन गर्ने प्रथम कलेजको रुपमा स्थापित भई यस शैक्षिक सत्रबाट कलैया, परवानिपुर तथा पोखरियाको बिद्यार्थीहरुलाई यतायातको सुबिधा सहित कम खर्चमा अध्ययन अध्यापन गराई रहेको यसै अपीलबाट सबैमा सूचित गरिन्छ ।

अनलाइन एडमिसन फारम भर्नको लागि

थप जानकारी आवश्यक परेमा सम्पर्क

वीरगञ्ज कलेज : ०५१–५३४३६०

सुरेश चौधरी : ९८५५०२६७०५

श्री प्रेम पटेल: ९८५५०२८३८८

डा. दिपेन्द्र कुमार चौधरी : ९८५५०३२०३७

 

Back to top