×

वीरगञ्ज - क्वारेन्टाइनको उचित ब्यवस्थापन नभएको भन्दै पर्सागढीका सचेत युवा समुहद्धारा नगरपालिकाका नगरप्रमुखलाई ज्ञापन पत्र बुझाएका छन ।

युवा समुहद्धारा आज नगरपालिकामा नै पुगेर नगरको सुधारका पन्ध्र बुदे सुझाव सहितको ज्ञापन पत्र नगरप्रमुख लोक नारायण यादवलाई बुझाएका हुन । कोरोनाको महामारीमा नगरपलिकाले ब्यवस्थीत क्वारेन्टाइन निर्माण गर्न नसकेको, क्वारेन्टाइनमा क्षमता भन्दा धेरै मानिस राखीएको, बिकाश निर्माणका काममा ब्यापक अनियमितता भएको, अनुमति बिना संचालित निजि बिधालयलाई संरक्षण भएको भन्दै नगरप्रमुखको ध्यानाकर्षण गराएका हुन ।

ज्ञापन पत्र बुझ्दै नगरप्रमुख यादवले युवाहरुको सुझाव अन्यन्तै सकारात्मक भएको बताए । क्वारन्टाइन ब्यवस्थापनमा केहि कमजोरी भएको भन्दै कोरोना संगको लडाई आफु एक्लैले गर्न नसकिने र सबैको साथमा अगाडी बढ्ने बताए ।

आफुहरुले बुझाएको सुझाव सहितको मागको सम्बोधन नगरिए कडा रुपमा प्रस्तुत हुने सहभागी मध्यका एक युवा रामु शर्माले बताए ।

Back to top