×

बीरगंज १ असार । वीरगंजको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा आज दिउँसो पर्सामा थप १० जना कोरोना संक्रमति पुष्टि भएको छ ।

पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिकाको क्वारेन्टाईनमा रहेका ९ जना र एक जना पटेर्वासुगौली गाउँपालिकाको संक्रमित पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले बताउनु भयो ।

विन्दवासनी गाउँपालिकाको क्वारेन्टाईनमा रहेका ९ जना मध्ये ३ जना स्वास्थ्यकर्मी र १ जना कार्यालय सहयोगी रहेका छन् । भारतबाट फर्किएकाहरुलाई राख्न गाउँपालिकाले झौवागुठीमा निर्माण गरेको क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी र कार्यालय सहयोगी संक्रमित भएको मेडिकल सुपरिटेन्डेन्ट डा.उपाध्यायले बताउनु भयो ।

गत जेठ २६ मा उनीहरुको स्वाब संकलन गरिएको थियो । संक्रमितहरुको अवस्था सामान्य रहे पनि उनिहरुलाई आजै नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालको आईसोलेशनमा ल्याउने तयारी भई रहेको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिनुभयो ।

Back to top