वीरगञ्ज २८ जेठ । वीरगञ्ज महानगरपालिका वडा न. १२ मुर्लिमा राहत वितरणमा अनियमितता भएको भन्दै स्थानियले बिरोध प्रदर्शन गरेका छन् ।
प्रदेश सरकारले २ सय परिवारको लागि पठाएको राहत सामाग्री वडाअध्यक्ष रामदरश कुश्वाहले आफ्ना नजिकका आसेपासेलाई मात्रै वितरण गरेको भन्दै स्थानियले बिरोध जनाएका हुन् ।
प्रदेश सरकारले २ सय परिवारको लागि भनेर पठाएपनि वडाकार्यलयले १ सय परिवारको लागि मात्रै आएको छ भनेर १ सय परिवारको लागि आएको राहत पचाउने दाउमा लागेको तर स्थानियको बिरोध पछि उनिहरु १ सय परिवारको लागि आएको राहत पचाउन असफल भएको त्याँहाका स्थानियले बताएका छन् ।
वडाअध्यक्षले आफ्ना आफन्तजन तथा आसेपासेलाई राहत वितरण गरेर वास्तविक पिडित परिवारलाई झन बिचल्ली बनाएपछि वडा अध्यक्षले स्थानियमाथि गरेको विभेदलाई सबैको सामु उजागर गर्नका लागि विरोध गरिएको वडा न. १२ का नागरीकले बताएका छन् ।
यति मात्रै नभएर राहत वितरणमा अनियमितता भएको भन्दै विरोध गर्नेलाई घरमै २ वटा कुपन समेत पठाईदिने गरेको छ । कुपन भएकालाई मात्रै वडा समितिको कार्यलयले राहत दिने गरेको हुँदा विरोध गर्नेको घरमै २ वटा कुपन समेत पठाएको पाईएको छ ।
प्रदेश सरकारले २ सय परिवारको लागि २५ किलो चामल, २ किलो दाल, आधा किलो सोयाबिन, १ लिटर खाने तेल, १ किलो नुन, १ पिस साबुन सहितको राहत प्याकेट पठाएको थियो । उक्त राहत वितरणको क्रममा जेठ २६ गतेपनि विवाद भएपछि वडाअध्यक्ष बहाना बनाउँदै कार्यालयबाट निस्किएका थिए ।
विरोध गरेपनि वडाअध्यक्षले निष्पक्ष ढंगले राहत वितरण नगरेपछि बाध्य भएर प्रदर्शन गर्नुपरेको प्रदर्शनमा उत्रिएका स्थानियको प्रतिक्रिया छ । विरोध प्रदर्शनमा स्थानिय विरेन्द्र महतो, अम्जत अन्सारी, फिरोज अन्सारी, महमोद अन्सारी, सविव अन्सारी, सोहन अन्सारी, रेयाज अन्सारी, लगायतको सहभागिता रहेको थियो ।