×

वीरगञ्ज - क्यान महासंघ पर्साले आफ्नो सामाजिक उत्तरदाित्वका वहन गर्दै वीरगञ्ज महानगरपालिकाको कोभीड कोषमा आर्थिक सहयोग गरेको छ ।

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावागिद्वारा सञ्चालित कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा क्यान महासंघ पर्साले बुधबार ५१ हजार सहयोग गरेको हो ।

नेपालमा कोरोनाभाइरसका संक्रमितहरुको संख्या बढी रहेको बेला महानगरपालिका कार्यालयले परीक्षणको दायरा बढाउन थप पीसीआर मेसिन, भिटीएम किटलगायत स्वास्थ्य सामग्री खरिद गर्न सुरु गरेको अभियानमा क्यान महासंघ पर्साको टोलीले आफ्नो व्यक्तिगत खर्चबाट जम्मा गरेको रकमबाट सहयोग गरेको हो ।

क्यान महासंघका जिल्ला अध्यक्ष दीपक साहको नेतृत्वमा वीरगञ्ज महानगरपालिका कार्यालय गएको टोलीले महानगरका मेयर विजयकुमार सरावागिलाई भेटेर ५१ हजारको चेक हस्तान्तरण गरेको थियो ।

चेक बुझ्दै मेयर सारावागीले स्थानीयवासी हरुले महानगरको साथ दिएको बताउँदै खुसी व्यक्ति गरे । उनले क्यान महासंघले गरेको सहयोग अतुलनिय भएको बताउँदै सबै सरोकारवाला निकायलाई अभियानसँग जोडिन आग्रह गरे ।

चेक हस्तान्तरण कार्यक्रममा क्यान महासंघ प्रदेश २ का अध्यक्ष आलोक कुमार चौरसिया, जिल्ला उपाध्यक्ष प्रशान्त कुमार, जीवन प्रसाद गुप्ता जीवन प्रकाश गुप्ता, सह सचिव गणेश सर्राफ, कोषाध्यक्ष सञ्ज्य सक्सेना, सदस्यहरू अर्जुन कुमार अधिकारी, आँशु सर्राफलगायतको उपस्थिति रहेको थियो ।

Back to top