वीरगंज २७ जेठ । वीरगंजमा महानगरपालिकाले खरिद गर्न लागेको पिसिआर मेसिनको लागि यहाँका उधोगी ब्यपारीहरुले ७० लाख चन्दा दिएका छन् ।
विरेन्द्र संघाइ बाट २० लाख, वीरगंज उद्योग बाणिज्य संघबाट ११ लाख एघार हजार एक सय एघार, बाबुलाल चाचनबाट १० लाख, राजेश अग्रवाल बाट ६ लाख, हिरालाल केडिया बाट ५ लाख, आत्मराम काबाराबाट ५ लाख, मुरलीधर रुगंटाबाट ५ लाख, अनिल रुगंटाबाट ५ लाख, अशोक बैधबाट २ लाख, मेयर सरावगीका पिता जी चिरन्जिवीलाल सरावगीबाट १ लाख गरी जम्मा ७० लाख एघार हजार एक सय एघार पिसिआर मेशिन खरिद गर्न वीरगन्जका उधोगी ब्यपारीहरुले उपलब्ध गराएका छन् ।
कोरोना भाइरस न्यूनिकरणका लागि वीरगंज महानगरपालिकाले ठुलो क्षमता भएको कोरोना जाँच गर्ने पिसिआर मेसिन र भिटिएम किट खरिदका लागि सो रकम दिएको वीरगन्ज उधोग बाणिज्य संघका अध्यक्ष गोपाल केडियाले बताए । त्यसै गरि पत्रकारको हकहितको लागी कोरोना बिमा योजना अन्तर्गत ११० जनाको महानगर पालिकाले बिमा गरेको र सो बिमा पत्र मेयर विजयकुमार सरावगीले पर्साका अध्यक्ष श्याम बन्जरालाई हस्तान्तरण गरेका छन ।