वीरगञ्ज २६ जेठ । आइतबार देखि बन्द भएको वीरगञ्ज बजार आजबाट पुन: सञ्चालनमा आउने कुनै सहमति नभएको स्थानीय प्रशासनले जनाएको छ । बजार सञ्चालन गर्ने वीरगञ्ज उद्योग वाणिज्य सङ्घसँग कुनै सहमति नभएको जिल्ला प्रशासन कार्यालय पर्साले जानाएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्साका निमित्त प्रमुख जिल्ला अधिकारि ललितकुमार बस्नेतले वीरगञ्ज उद्योग वाणिज्य सङ्घले दावी गरे अनुसार बजार सञ्चालनको लागि कुनै सहमति नभएको जनाकारी दिए ।
'बजार खोल्न हामीसँग कुनै सहमति भएको छैन, आज मात्र पर्सा र बारामा नयाँ कोरोनाभाइरसका संक्रमितहरु भेटिएकाले थप सतर्कता अपनाउन आवश्यक छ,' प्राजीअ बस्नेतले भने, 'अहिले लकडाउन खुकुलो पार्न सकिंदैन, उद्योग वाणिज्य सङ्घले कसरि सूचना निकाल्यो मलाई थाहा छैन ।'
यता वीरगञ्ज उद्योग वाणिज्य सङ्घले सोमबार प्रहरी र प्रशासनसँग सहमति भएको बताउँदै बजार खोल्न एउटा सूचना जारि गरेको छ। सूचनामा पुर्व आदेश अनुसार सामाजिक दुरीलगयातका नियमहरु पालना गर्दै बजार खोल्ने आग्रह गरिएको छ ।
सङ्घका महासचिव माधव राजपालले जारि गरेको उक्त सूचनामा सङ्घद्वारा जारि गरिएको मापदण्ड अनुसार आलोपालोको नियमलाई पालना गर्दै पसलहरु खोल्न उल्लेख गरिएको छ ।