वीरगंज, २५ जेठ । लकडाउनको ७४ औं दिनपछि वीरगंज महानगरपालिकामा पसलहरू सञ्चालनमा आए पनि केहि पसलहरुमा बहनी पनि भएको छैन ।
लकडाउनको ७४ औं दिनदेखि बन्द रहेको पसल शुक्रबार देखि सञ्चालनमा आएपनि वीरगंज माईस्थानमा रहेका दिपक टाईम सेन्टर इलेक्ट्रिक पसलमा बहनी पनि भएको छैन, पसलका सञ्चालक दिपक सर्राफले भने पसलहरु त खुल्यो तर पसलमा बहनी पनि हुन छोडेको छ गाउँ र अन्य जिल्लाबाट मानिस नआएको कारण र वीरगंज बजारमा केहि पनि सवारी नचलेका कारण पसलहरुमा ग्रहक नै छैन ।
कोरोना सङ्कट व्यवस्थापन केन्द्र, पर्साको २१ गते बसेको बैठकले दिन बिराएर पसलहरू सञ्चालनको इजाजत दिएपछि शुक्रवार सोहीअनुरूप पसलहरू सञ्चालन भए । हार्डवेयर, साइकल, मोटर तथा मोटरपाट्र्स, अटोवर्क, सुनचाँदी, भाँडाबर्तनलगायतका पसलहरू शुक्रवार सञ्चालनमा आएका थिए । बिहान ११ देखि अपराह्न ४ बजेसम्म समय तोकिएको छ । बिजोर दिनमा यी पसलहरू सञ्चालनमा आएका हुन् भने शनिवार जोर दिनका दिन रेडिमेड, कपडा, कस्मेटिक, इलेक्ट्रिक, इलेक्ट्रोनिक पसलहरू सञ्चालनमा आएको छ ।
यी पसलहरू पनि बिहान ११ देखि अपराह्न ४ बजेसम्म सञ्चालनको इजाजत दिइएको छ । शुक्रवार सञ्चालनमा आएका पसलहरूमध्ये हार्डवेयरका पसलेहरूले पसल खोल्न इजाजत दिइएको तर सामान गन्तव्यसम्म पु–याउन उपभोक्तालाई सवारीसाधन प्रयोगमा बन्देज लगाएकोले समस्याले पसलको समान बिक्री समेत भएको छैन । मानिसले बोक्न नसक्ने सामानहरू सवारीसाधनबाट लैजानुपर्दा सोको लागि इजाजत नदिइएको हुँदा पसलमा ग्राहकहरू नआएको सर्राफले बताए ।
वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाले मानिसले बोक्नेबाहेकका सामानका लागि सवारीसाधनको प्रयोग गर्न दिन सम्बन्धित निकायलाई आग्रह गरिएको बताए । उनले सामान ढुवानी गर्ने सवारीसाधनको प्रयोग साँझ सात बजेदेखि दिएको र सोही समयमा सबैले सवारीसाधनको प्रयोग पाउने भएपनि यो नियम अव्यावहारिक भएको बताए । उनले यस सम्बन्धमा सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको बताए ।