×

वीरगञ्ज २० जेठ । नेपाली कांग्रेस बाराले आदर्श कोतवाल गाउँपालिकाले काम सम्पन्न नहुँदै भुक्तानी दिने गरेको आरोप लगाएको छ । आर्दश कोतवाल गाँउपालिका वडा नम्बर ५ रुपौलियामा नेपाली काँग्रेस बाराका नेताहरुले पत्रकार सम्मेलनको आयोजना गरी पालिकाहरुले लकडाउनको मौका छोपी विकासे आयोजनाहरुको काम सम्पन्न नहुँदै भुक्तानी दिन थालेको आरोप लगाएका हुन् । काम सम्पन्न हुनु अगावै कतियप योजनाहरुको भुक्तानी भइसकेको तथा थुर्पै योजनाहरुको भुक्तानी दिने प्रक्रिया अन्तिम चरणमा रहेको पत्रकार सम्मेलनमा नेताहरुले बताएका छन् ।

२०७६ असार १० गते परिषद सम्पन्न भएको दावी गर्नु अनि तत्कालिन निमित प्रमुख प्रशासकिय अधिकृत शिवपुजन यादवले च. नम्बर १०६ को पत्र अनुसार २०७६ साल अशोज १७ गते आर्थिक बर्ष २०७६/७७ को परिषद गर्नलाई अध्यक्षको नाममा पत्र काट्नु रहस्यमय भएको पत्रकार सम्मेलनमा नेताहरुले बताएका थिए । त्यसैले आर्थिक बर्ष २०७४/७५, र ७६/७७ को सबै योजनाहरुको अनुगमन निरिक्षण सरोकारवाला निकायहरुलाई गर्न जरुरी रहेको कुरामा नेताहरुले जोड दिएका छन् । रुपौलयाको पोखरीको निर्माण तथा सरसफाई नै नगरी उपभोक्ता समितिले २१ लाख २५ हजार पैसा निकाली समितिले कामको परफारक समेत गरेको काँग्रेसको आरोप रहेको छ ।

रुपौलियका पोखरी लगायत पालिकाका अन्य बिषय समेटी २०७६ साल कार्तिक १८ गते अख्तियार दुरुपयोगको कार्यालय हेटौडामा निवेदन दर्ता गरि छानबिनको माग गरेका थिए तर अहिले मुद्धा बिचराधिनमा रहेको अवस्थामा पोखरी पुनः खन्न लगाउँनु गलत रहेको रुपैलियका दिनेश यादवले बताउनु भयो । नागरिकका लागि एम्बुलेन्स भडामा चलाउनु , जनप्रितिनिधिहरुको लागि महगो गाडी खरिद गर्नु, दलित अवास निर्माण कार्यक्रममा पनि पादर्शिता नगरेको तथा पालिकाहरुमा माटो पुरी ग्राभेलमा पनि मापडण्ड बिपरित काम गरेको सो पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेता शिवनाथ महतोले आरोप लगाउनु भयो ।

त्यति मात्र नभई ईलका प्रहरी कार्यालयमा निर्माणाधिन दुर्गा मन्दिर, ब्रम्हबाबाको कंपाउण्डमा रहेको पर्खाल निर्माण, चिउटाहाको पोखरीमा निर्माणाधिन सुर्य नारयण भगवानको मन्दिर , स्वास्थ्यचौकी चिउटाहामा रहेको मन्दिरको जग्गाको हिसावकिताव पादर्शि नगरेको कुनै काम समाजिक लेखाजोखा नगरेको तथा सार्वजनिक सुनवाई कार्यक्रम समेत नगरेको नेताहरुको आरोप छ ।

कर्मचारी नियुक्ति समेत नियम विपरित गरेको पत्रकार सम्मेलनमा नेताहरुले आरोप लगाए । समाजिक सुरक्षा भता समयमा प्रदान नगर्नु,उपभोक्ता समिति निर्माणमा काखापाखा गर्नु, वडा नम्बर ५ का वडाकार्यालय नखोल्नु दुःखद रहेको नेताहरुले बताए । वडा कार्यालय वडाअध्यक्षले घरबाटै संचालन गरी सम्पन्न नै नभई सम्पन्न भएको सिफारिस वडा अध्यक्ष चन्देश्वर गिरी दिनुले गाउँपालिका चरम भ्रष्टाचार डुवेको स्पष्ट भएको पत्रकार सम्मेलनमा बताइएको छ ।

सूचनाको हक प्रयोग गरि पटक-पटक सुचना माग गर्दापनि गाँउपालिकाका अध्यक्ष शेख मुस्तुफाबाट सुचना प्रदान नगर्नुले पनि हामीलाई शंका उब्जाएको कोईलिडिहका सत्यनारयण यादेवले पत्रकार सम्मेलनमा आफ्नो गुनासो पोखे । पत्रकार सम्मेलनमा मेदनी मण्डल धानुक, राधव यादव, शोभी मण्डल, जमुना गुप्ता, दिनेश पटेल, हरेन्द्र साह, सत्य नारयण यादव, शिवनाथ महतो,रामेश्वर यादव लगायतको सहभागिता रहेको थियो ।

यता वडाअध्यक्ष गिरीले प्राविधिकहरुको टोलीले २१ लाख २५ हजारको काम भएको मुल्याकन दिएपछि आफुले सिफारिस दिएको दावी गरेका छन् । उनले पोखरी निर्माण तथा सरसफाई समितिका अध्यक्ष चन्द्रदेव गिरीले अख्तियारबाट पोखरी सरसफाई गर्न आदेश दिए बमोजिम आफनो व्यक्तिगत ५ लाखको लगानीमा सरसफाई गरिरहेको दावी गरेका छन् ।

आर्दश कोतवाल गाँउपालिकाका अध्यक्ष शेख मुस्तुफाले योजनका सबै कामहरु नियमसंगत प्रक्रियामा गई गरेको दावी गर्दे समाजिक सुरक्षाभतामा लकडाउनको बाध्यताले गर्दा अनलाईन फर्म भर्नमा कठिनाई र वडाअध्यक्षहरुले समयमा डाटा नदिनुले समयमा समाजिक सुरक्षाभता प्रदान गर्न नसकिएको बताउनु भयो ।

केही व्यक्तिहरुले विकासको काम राजनितिक पुर्वाग्राहीबाट रोक्न खाजेको उनले आरोप लगाए । नेपाली काँग्रेसका केही ब्यतिmहरुलाई पनि उपभोक्ता समितका राखेर काम अगाडी बढाएको बताऊँदै पालिकाको कुनैपनि परिषद बहुमतको अधारमा नगरी निर्वाचित ४४ जना जनप्रतिनिधिको सहमतिमा नै गरेको अध्यक्ष मुस्तुफाले दावी गर्नु भयो ।

Back to top