×

वीरगञ्ज, जेठ १७ - पर्सामा थप ५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

शनिबार नारायणी अस्पतालमा गरिएको परीक्षणमा पटेर्वा सुगाैलीका वर्ष २२ का २ जना पुरूष, २५ वर्षका १ जना महिला र १ जना पुरूष तथा ३६ वर्षका का १ जना पुरूष गरी ५ जनामा संक्रमण पुष्टि भएकाे पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

उनीहरु भारतका विभिन्न स्थानबाट नेपाल आएपछि क्वारेन्टाइनमा बस्दै आएका थिए ।

Back to top