×

वीरगञ्ज, जेठ १७ – वीरगञ्ज विश्वभरी फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि दिनप्रतिदिन बढीरहेको छ । कोरोना भाइरसको संक्रमण रोक्नका लागि सरकारले चैत्र ११ गतेदेखी देश लकडाउन गरे तापनि संक्रमितको संख्या दैनिक बढीरहेको छ ।

देशमा लकडाउन छ, तरपनि लकडाउनको पालना भने गरिएको पाइदैन । देशैभर दैनिक रुपमा संक्रमितको संख्या बढीरहे सँगै लकडाउनलाई पनि अँझै कडा बनाउँदै लैजानुपर्नेमा त्यासो नगरेर उल्टै लकडाउन फितलो बनाएको पाइएको छ । साथै मनोपोली रुपमा कहिलै गस्ति गर्ने कहिलै नगर्ने जस्ता क्रियाकलापहरु पनि भएको पाइएको छ ।

वीरगञ्जको बजार क्षेत्रमा भने केही रुपमा लकडाउन कडा बनाइएको भएपनि कतियपय पसलहरुको सटर मात्रै बन्द गरी खरिद बिक्रि भइरहेको छ । मुख्य सडक आसपासका पसल बाहेक गल्लीका अधिकांश पसलहरु भने खुलेको र्दश्यहरु देख्न सकिन्छ । अँझै पनि कोरोना भाइरसको संक्रमण भन्दा पनि प्रहरीको आाक्रमणबाट डराएर सुरक्षाकर्मीहरु आउँदा बजारमा भागदौड मच्चिने गरेको छ ।

लकडाउनलाई कडा पार्नका निमित्त प्रहरीले पनि मुखय सडकमा अत्यआवश्यक बाहेक अन्य अवस्थामा आवातजावत गर्न प्रतिबन्ध लगाएको छ । तर कतिपय स्थानमा भने मुख्य सडकमा जान नदिएर गल्लीहरुमा पनि भिड बढेको पाइएको छ । मुख्य सडकमा आवातजावत गर्न प्रतिबन्ध लगाएपछि कतिपय सर्वसाधारणलाई सास्ती भोग्नुपरेको छ । सर्वसाधारणका साथै बिरामी लिएर अस्पताल जाने क्रममा समेत मुख्य सडकमा जान नदिएको गुनासो पनि स्थानियले गरेका छन् ।

यहाँका स्थानिय सचेत नागरीकहरुले भने मुख्य सडकमा जान नदिएर गल्लीमा भिड बनाउने गतिविधिको विरोध गर्दै मुख्य सडकबाट मात्रै कोरोना सर्छ र भन्दै प्रहरीमाथि प्रश्न गरेका छन् । गल्लीमा भिड बढ्दा उल्टै कोरोना भाइरसको संक्रमण बढ्ने प्रबल सम्भावना रहने हुँदा मुख्य सडकमा जान नदिदैमा कोरोना भाइरसको संक्रमणबाट सृुरक्षित भइन्छ भन्नु भ्रमपुर्ण तर्क रहेको बुद्धिजिविको टिप्पणी छ ।

रानिघाट, मुर्लि चौक, तेजारथ टोल, पानिट्यांकी, माइस्थान, अशोकवाटीका, बिर्ता लगायतका गल्लीहरुमा खाद्य सामाग्री, तरकारी लगायतका सामाग्री खरिद गर्ने समयमा अत्यधिक मात्रामा भिड गरेको पाइन्छ ।

सिंहदरबार अगाडि, काठमाडौँका गल्लीगल्लीमा समेत लकडाउनको उलंघन गरेर भिडभाड गरेको पाइन्छ भने अन्य ठाउँमा लकडाउन कडा छ भन्दैमा नागरीकले विश्वास गर्न मुर्खता हो ।

Back to top