स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म १ हजार ४०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या १ हजार ४०१ पुगेको जानकारी दिएका हुन् । डा देवकोटाका अनुसार नयाँ थपिएका संक्रमित मध्ये १ सय ८५ जना पुरुष र ४ जना महिला रहेका छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा १३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै हालसम्म २१९ पुगेको छ । १७२ जना पुरुष र ४७ महिला रहेका छन् ।
हालसम्म ५३ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ६६ हजार ७२९ जनाको कोरोना परीक्षण गरिएको छ । जसमध्य पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २५७५ जनाको परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।