×

आज वीहान वीरगन्जमा पानी परेपछि वीरगन्ज मेनरोडमा लिएका केहि तस्वीरहरु । तस्वीर-यात्रा डेली ।

 

वीरगन्ज १७ जेठ । आज पूर्वदेखि पश्चिमसम्म देशका विभिन्न स्थानमा हावाहुरी, चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहानैदेखि देशैभरको मौसम बदली भएको छ भने केही स्थानमा वर्षा पनि भइरहेको छ । आज केही घण्टा मौसम खुल्ने सम्भावना भए पनि पुनः बदली भई वर्षा जारी रहने देखिएको छ । वर्षाका साथमा हावाहुरी, चट्याङ पर्ने सम्भावना रहेको विभागको भनाई छ । आज राति पनि देशभर मौसम सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङरहावाहुरीसहित वर्षा जारी रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ भने पूर्वी भूभागनजिकै निम्न चापीय रेखा पनि छ । यसैगरी स्थानीय वायुको प्रभावका साथै बंगालको खाडीबाट जलवाष्पयुक्त हावा पनि नेपाल प्रवेश गरिरहेको छ भने वीरगन्जमा पनि हावाहुरी, चट्याङसहित वर्षा भएको छ ।  

Back to top