वीरगन्ज १७ जेठ । भारतले आफनै देशका नागरिकलाई प्रवेशमा कडाइ गरेपछि वीरगन्जको अलौंस्थित आइसीपीमा १५ सय भन्दा बढि भारतीय नागरिक अलपत्र परेका छन् ।
बिश्वभरी फैलिएको कोरोना भाईरसले त्रास सिर्जना भैइरहेको अवस्थामा र यसबाट बच्न नेपालमा पनि लकडाउन गर्नु परेकोले नेपालमा रहेका भारतीय नागरिक (मजदुर) आफ्नो घर फर्किनको निम्ति बिरगन्जको आइसीपी नजिक अलपत्र परेका छन् ।
१५ सय भन्दा बढी अलपत्र परेका र सो नागरिकरुको खानाको ब्यवस्थापन ग्रीनसिटी सामुदायिक सेवा केन्द्र र रुङ्ग्टा वेलफेर सोसाइटीले गरेको हो भनी केहि महिना देखि भारतीय नागरिकहरु जुन वीरगन्जमा अलपत्र परेकालाई खाना खुवाउने र आफनो देश भारत पठाउने काममा सहयोग गरेर ग्रीनसिटीका अध्यक्ष प्रकाश खेतान भारत-नेपाल सम्बन्धलाई प्रगाढ बनाउँदै छन ।
निज भारतीय नागरिक रोजगारीको शिलशिलामा नेपालमै बस्दै आएका थिए तर लकडाउन भएको कारण कामकाज ठप्प भए पछि गुजारा चलाउन गाह्रो भएकोले उनिहरु आफ्नो देश फर्किन लागेका भन्ने जानकारी अध्यक्ष खेतानले दिए ।