वीरगञ्ज, जेठ १६ - राष्ट्रिय विद्यार्थी संघका पर्सा जिल्ला अध्यक्ष मधुसुदन चौरसियाले आज दोस्रो दिन पनि बिन्दबासिनी गाउँपालिकालाई सेनिटाइज गर्ने कार्य जारि राखेका छन् ।
अध्यक्ष चौरसियाले आफ्नो व्यक्तिगत खर्चमा बिन्दबासिनी गाउँपालिकाको विभिन्न वडा सेनिटाइज गर्ने कार्य बिहीबार देखी सुरु गरेका हुन् । उनले शुक्रबार गाउँपालिकाको वडा नं.३ र ४ मा पर्ने झौवा र छोट्का झौवा सेनिटाइज गरिएको जानकारी दिए ।
'आज गाउँपालिकाको वडा नं. ३,४ लाई सेनिटाइज गरेका छौं, अध्यक्ष चौरसियाले भने, 'भोली वडा नं.४ र ५ को पालो छ, पूरा गाउँपालिकालाई सेनिटाइज नगरेसम्म हाम्रो कार्यक्रम जारी रहने छ ।'
चौरसियाले गाउँपालिकाका जनप्रतिनिधिहरु आफ्नो जिम्मेवारीबाट चुकेको समेत आरोप लगाए । उनले गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले गर्नु पर्ने काम आफुहरुले गर्नुपरेको बताउँदै दु:ख व्यक्त गरे ।