वीरगन्ज १६ जेठ । नेपाल सरकार द्वारा नारायणी अस्पताललाई कोभीड बनाये पष्चात यस भेगका सर्व साधारण जनताहरु संकटको अवस्थामा ईलाज बाट बन्चित भएका छन । यस्तो आर्थिक संकटको बेला पनि निजि अस्पतालमा बाध्यता बस बढी पैसा तिर्नु परि रहेको छ । बिभिन्न संघसस्था, नगरिक समाज, पत्रकार, सम्पूर्ण राजनीति दल लगायत धर्ना, ज्ञापन, बिरोध गरे पनि हाल सम्म संचालनमा न आउनु दुर्भाग्य हो जनता समाजवादी पार्टिका सह महासचिव नेजामुद्दिन शमानीले भनेका छन ।
पर्सा जिल्लाको केन्द्र बिन्दु तथा दोस्रो सदरमुकाम पोखरिया नगरपालिकामा रहेको पोखरिया अस्पताललाई हाम्रो प्रयासले प्रदेश २ को सरकार द्वारा सुबिधा सम्पन्न एमबुलेंस खरिदको लागि रु. ३१ लाख २५ हजारको चेक हस्तांतरण गरेको साथै ५० बेडको सुबिधा सम्पन्न अस्पताल बनाउने निर्णय गरेकोमा सरकारलाई धन्यवाद दिदै, नेता शमानीले भने ।
आज महामारीको अवस्थामा गरिब जनताहरू खान्न लाउन बसनको साथै ईलाजको अभावमा मृत्यु भईरहेको हामी सबैलाई थाहनै छ । आज लकडाउनको कारण गाऊमा बस्नेहरुलाई सदरमुकाम बीरगंज ईलाज गराउन आउन जन त्यती नै अप्ठेयराहरु छन हाम्रो देशमा तिन तहको सरकार भएता पनि आम नगरीक कस्टकर जिवन बिताउन बाध्य छन ।
अब प्रदेश २ को सरकारसंग हाम्रो फेरी पनि अनुरोध छ कि पर्सा जिल्लाको केन्द्रमा रहेको पोखरिया अस्पताललाई यथा सिग्रह छोटो प्रकृया पुरागरि पोखरिया अस्पताललाई ५० बेड अनुसार बजेट, चिकित्सक, कर्मचारी, औषधि लगायतका अस्पताललाई चहिने समाग्रीहरू उपलब्ध गराई सहयोग गर्न हार्दिक अनुरोध गरेका छन ।