वीरगञ्ज, जेठ १५ - पर्साको बिन्दबासिनी गाउँपालिकालाई सेनिटाइज गरिएको छ । जनता समाजवादी पार्टीको भातृ सङ्गठन राष्ट्रिय विद्यार्थी सङ्घले गाउँपालिकाको वडा नं. ३ का विभिन्न स्थानलाई सेनिटाइज गरेको हो ।
सङ्घका पर्सा जिल्ला अध्यक्ष मधुसुदन चौरसियाले आफ्नो व्यक्तिगत खर्चमा पूरै गाउँपालिकालाई सेनिटाइज गर्ने कार्यक्रम बिहीबारबाट सुरु गरेका हुन् । उनको नेतृत्वमा आज गएको टोलिले गाउँपालिकाको वडा नं. ३ स्थित सानो ईटिआई र ठुलो ईटिआईमा रहेका घर-घरमा पुगेर सेनिटाइज गर्ने कार्य गरेको अध्यक्ष चौरसियाले बताए । उनले बिहिबारबाट सुरु गरिएको सेनिटाइजेसन कार्यक्रम पूरा गाउँपालिका सेनिटाइज नभएसम्म चल्ने जानकारी दिए ।
अध्यक्ष चौरसियाले गाउँपालिका कार्यालयले सेनिटाइजेसन नगरेको कारण आफुहरुले व्यक्तिगत खर्चमा सेनिटाइजेसन सुरु गरेको बताए । 'गाउँपालिकाले सेनिटाइजेसनको काम नगरेपछि हामिहरुले आफै सेनिटाइजेसन गर्न थालेका हौँ, अध्यक्ष चौरसियाले भने, 'नेतृत्वमा रहेका जनप्रतिनिधिहरु लापरवाह भएपछी स्थानियले जिम्मा उठाउनु पर्छ, हामीले त्यही गरेका हौँ, गाउँपालिकाको हरेक वडालाई हामीले सेनिटाइज गर्ने छौँ ।'
सेनिटाइजेसन कार्यक्रममा राष्ट्रिय बिद्यार्थी संघ पर्साका वरिष्ठ उपाध्यक्ष सुमित चौरसिया, ठारब एकाई कमिटिका सह-सचिव गौरीशंकर यादव, सदस्य पुनिल दास, ओमप्रकाश साह,अजय गुप्ता, सुजित झा, अमरजित चौरसिया, शिवमोहन चौरसिया, बृजेश साह कानु, भुषण चौरसिया, बृजु दास, योधन चौरसिया, भुपेन्द्र सहनी, गोबिन्द दास, हरिचन्द्र सहनीलगयातको सहभागिता रहेको थियो ।