×

रौतहट, १५ जेठ । प्रहरीले रौतहटमा १२ राउण्ड हवाई फायर गरेको छ । कटहरिया नगरपालिकाका–१ भसेडवास्थित भसेडवा माविमा क्वारेन्टिन निर्माणका विषयमा विवाद भएको थियो । विवादले उग्ररुप लिएपछि झडप भएको थियो । झडप नियन्त्रणका क्रममा प्रहरीले गोली चलाएको हो ।

स्थानीयले बस्तीका बीचमा क्वारेन्टिन राख्न नदिने भन्दै विरोध गरेका थिए । घटनामा नेपाल प्रहरीका एक सहायक निरीक्षक घाइते भएको रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए ।

Back to top