वीरगञ्ज, जेठ १५ - प्रतिनिधिसभा सदस्य प्रदीप्प यादवको पहलमा नारायणी अस्पताल स्तरोन्नति हुनेभएको छ । केन्द्रिय अस्पताल अन्तर्गत ५ सय बेडको आधुनिक नयाँ अस्पताल बनाउन बाधा परेको कानूनी दाउपेच हटेसँगै वीरगञ्जको नारायणी अस्पताल अब देशकै नमुना अस्पताल बन्ने भएको हो ।
करीब डेढ अर्ब रुपैयाँ लागतमा बनाउन लागिएको अस्पतालको ठेक्का कानूनी बाधा हटेसँगै अस्पताल बन्ने बाटो खुृलेको सांसद् प्रदिप यादवले बताए । सांसद् यादवले नारायणी अस्पतालको स्तरोन्नति आफ्नै कार्यकालमा हुने सपना पूरा भएको बताउँदै खुसि व्यक्ति गरे । उनले नारायणी अस्पतालको स्तरोन्नति गर्न पर्साबाट निर्वाचित ४ वटै सांसद्हरुको टोलिले तत्कालीन् उपप्रधान एवम् स्वास्थ्यमन्त्रि उपेन्द्र यादवसँग पहल गरेको जानाकारी दिए ।
नारायणीलाई आधुनिक बनाउनका तत्कालिन शहरि विकास मन्त्री मोहमद ईस्तयाक राईको निर्णयले नारायणी अस्पतालका लागी डेढ अर्बको टेण्डर अह्वाण भएका थियो । नेपाल सरकारको सार्वजनिक खरिद ऐन तथा नियमावलीमा २०७६ वैशाख ३० गतेको शंसोधनले मूल नियमको नियम ३१ (ङ) को (१) मा रहेको एक अर्बलाई दुई अर्ब कायम गरिएको थियो । सोहि शंसोधित नियमावली बमोजिम बोलपत्रको अन्तिम म्याद थपका लागी २०७६ साल जेठ २१ गते शंसोदित नियमावली बमोजिम बोलपत्र प्रस्ताव पेश गर्न सार्वजनिक सूचना समेत प्रवाह गरिएको थियो । तर सूचना प्रकासित हुने बितिकै उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा मुद्दा दायर हुँदा टेण्डर प्रक्रिया रोकिएको थियो ।
सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयका ईन्जीनियर धिरेन्द्र यादवका अनुसार मुद्दा फर्छौयट गर्दै अस्थायी इजलास वीरगञ्जले दुबै पक्षको लिखित जवाफ २०७६ को असोज २५ गते सघन सहरी तथा भवन निर्माण आयोजनालाई निर्माण व्यवसायीलाई सार्वजनिक खरिद नियमवालि संसोधन हुनु अघि अनुसार नै बोलपत्र मुल्यांकन समाबेश गर्न परमादेश गरेको थियो । सोही अदालयतको आदेश बमोजिम उक्त एकमात्र बोलपत्रदातालाई मुल्यांकन कार्यमा समाबेश गरि मुल्यांकन गरिएको थियो । मुल्यांकन हुदाँ सार्वजनिक खरिद (आठौँ) संसोधन नियमावली, २०७६ को नियम ६० को बुदा (घ) बमोजिम एकमात्र बोलपत्रदाता पूर्णताको परिक्षणमा सफल हुन नसकेकोले बोलपत्र रद्ध भएको थिए । त्यहीँ रद भएको बोलपत्रलाई आज कानुनि प्रावधान हट्दै अदालतले प्रकृयागत रुपमा मिति २०७७ जेष्ठ १५ गते अर्थात आज बोलपत्र अव्हान गर्न आदेश दिइसकेको आयोजना कार्यालयका ईन्जीनियर यादवले जानकारी गराए । आदेशसंगै आज नेपाल समाचार पत्रमा टेण्डर अह्वान भएको छ ।
३ वर्ष भित्रमा निर्माण समपन्न गर्नुपर्ने ५ तल्लेको ३ वटा ब्लक बनाईने यस बिल्डीङ्गको पुन फाउण्डेशनलाई रिभ्यू गरिएको छ । पहिलाको डिजाईनलाई थोरै मोडिफाई गरेर अझै आधुनिकतालाई प्राथमिकता दिएको कार्यालयका ईन्जीनियर यादवले बताए । टर्सरी अस्पताल अञ्चल अस्पताल भन्दा माथिल्लोस्तरकै अस्पताल बन्न लागेको नारायणी अस्पताल नयाँ भवनमा एकसयवटा आधुनिक बेड सहितको शौचालय, व्यक्तिगत वार्ड, चिकित्सक वार्ड, अक्सिजन प्लान्ट, ७ वटा अपरेशन थिएटर, स्तरिय शौचालय, वाटर ट्रिटमेन्ट र ग्राउण्ड एरियामा रुख विरुवा सहितको निर्माण हुने योजनामा रहेको छ ।
१ सय बेडमा ३ वटा ब्लक, ३ हजार ३ सय स्क्वार मिटरको ग्राउण्ड एरिया रहेको ५ तल्ले बिल्डङ्गमा गार्डेनिङ्ग रुखहरु रोप्ने लगायतको कामहरु हुनेछ । केन्द्रिय अस्पताल परिणतसँगै २ सय बेड चल्दै आएको अस्पताललाई तत्कालै ३ सय बेड सञ्चालन गराइएको थियो । कुल ५ सय बेड सञ्चालन हुने अस्पतालको दोस्रो बजेट तथा सरकारीस्तरमा मेडिकल कलेज सञ्चालनका लागी यहाँका राजनितिक दल केन्द्रसँग संघर्षरत छन् ।