×

वीरगञ्ज, जेठ १५ - विश्वभर फैलिएको कोरोनाभाइरसले त्रास सिर्जना भैइरहेको अवस्थामा र यसबाट बच्न नेपालमा पनि लकडाउन गर्नु परेकोले केही महिना देखि भारतको रक्सौल नाकामा फसि रहेको नेपाली नागरिकहरुलाई बुधबार प्रशासनको सहयोगमा नेपाल फर्किएका छन् ।

फर्किएका केही नागरिकहरुलाई बिरगंजको ठाकुरराम क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ भने उनीहरुको खाना र नास्ताको ब्यवस्थापन ग्रीन सिटी सामुदायिक सेवा केन्द्रले गर्ने जानकारी ग्रीन सिटीका अध्यक्ष प्रकाश खेतानले दिए ।

केही दिन पहिला क्वारेन्टाइनमा बसेेका भारतिय नागरिकको खाना नास्ता को ब्यवस्थापन समेत ग्रीन सिटीले गर्दै आएकाेे थियोे। अहिले उनिहरु आ-आफ्नो धर गइसकेको अवस्था छ ।

भारतको नाकामा महिनौ दिन देखि फसेका नेपाली नागरिकको सेवा गर्ने मौका पाएकोमा आफु खुशी रहेको र उनिहरु आ-आफ्नो घर नफर्कुन्जेल सम्म खाना नास्ताको ब्यवस्थापन ग्रीन सिटीले गर्ने अध्यक्ष खेतानले जानकारी दिनु भएको छ ।

Back to top