वीरगञ्ज - साहिब दरवार र समर्पण सेवा संस्थानको सहकार्यमा आज लगातार ६० औँ दिन पनि लकडाउनमा प्रभावित भएका गरिब परिवारलाई खानाको व्यवस्था गरेको छ ।
लकडाउनका कारण प्रभावित भएकाहरूलाइ निशुल्क रुपमा भोजन उपलब्ध गराउने अभियान ६० औँ दिनमा प्रवेश गरेको छ । कोरोना महामारीका कारण लकडाउनको मारमा परेका तथा क्यावरेन्टाईनमा वसेकाहरुको लागि साहिब दरबार र समर्पण सेवा संस्थाहरु निरन्तर खानाको व्यवस्थापनमा जुटिरहेका छन् । लकडाउनको शुरु देखि नै साहिब दरबार सेवा संस्थान र समर्पण सेवा संस्थाले दैनिक रुपमा भोजन वितरण गर्दै आएको छ ।
आज ६० औं दिनमा पनि संस्थाले आफ्नो दैनिक जिम्मेवारीलाई निरन्तरता दिंदै बेसहारा निमुखाहरूलाई भोजन वितरण गरेको साहिब दबार सेवा संस्थानका राष्ट्रिय संयोजक राजेशमान सिहले बताउनुभयो । सेवा भन्दा अरु ठूलो कुनै धर्म नरहेको भन्दै साहिब दवार तथा समर्पण सेवा संस्थाका राजेश सिंह, राहुल तुल्स्यान, किशोर सिंह ठकुरी, अजय अग्रवाल, अंजनी अग्रवाल, बिक्रम नगरकोटी, मनीष सिंह ठकुरी, रामनिवास सोनार लगातले उक्त कार्यमा सहयोग गर्दै आएका छन् ।
आगामी दिन पनि स्विमिङ्ग पुल परिसरबाट भोजन वितरण कार्य जारी रहने सिँहले बताउनुभयो । लकडाउन प्रभावितलाई भोजन वितरण गर्नुको साथै संस्थाले गाई तथा कुकुर लगायतका जनावरहरुलाई पनि आहारको व्यवस्था गर्दै आएको छ । आयोजक संस्थाले प्रत्येक दिन स्विमिङ्ग पुल परिसरमै सो क्षेत्रका गाईहरुलाई भोजन गराउँनु को साथै प्रत्येक शनिवार महानगरका बिभिन्न टोलहरुमा पुगेर कुकुरहरुलाई आहारको व्यवस्था गर्दै आएको संस्थाले जनाएको छ ।
संस्थाले कसैलाई भोखै मर्न नदिने भन्दै कसैले खान पाएका छैन् भने स्वफूर्त रुपमा स्विमिङ्गमा पुलमा आएर खाना खान अनुरोध गरेको छ ।