लकडाउनका कारण भारतमा अलपत्र परेका करीब ४०० जना नेपालीलाई बुधवार वीरगञ्ज नाकाबाट भित्र्याइँदै छ । भारतको रक्सौल र आसपासका क्वारेन्टाइनमा राखिएका उनीहरूलाई नेपाल भित्र्याउन वीरगञ्ज महानगरका प्रमुख, प्रहरी र प्रशासन प्रमुखहरू बिहानैदेखि नाकामा खटिएका छन् ।