काठमाडौं, जेठ १३ - नेपालमा ९० जना कोरोना संक्रमित थपिएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जना संक्रमित थपिएका छन्।
संक्रमितहरुमा रौतहट, जुम्ला, बारासहितका रहेका छन्। रौतहटमा मात्रै २० जना कोरोना संक्रमित थपिएका छन्। सिरहामा चारजना संक्रमित थपिएका छन्।
भेरी अस्पतालमा गरिएको परीक्षणमा एकजना पुरुष संक्रमित भेटिएका छन्। प्रादेशिक प्रयोगशाला रुपन्देहीमा परीक्षण गर्दा सातजनामा कोरोना संक्रमण देखिएको हो। पोखरामा गरिएको परीक्षणमा स्याङ्जा वालिङमा गरिएको परीक्षणमा दुईजनामा कोरोना संक्रमण पाइएको छ।
यस्तै सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा वीरेन्द्रनगर नगरपालिका ८ जनामा संक्रमण देखिएको छ। त्यस्तै भेरीगंगा र सिम्काबाट दुईजना संक्रमित थपिएका छन्। यस्तै बाँकेको नेपालगञ्जमा पनि सातजना संक्रमित थपिएका छन्। बाँकेको डुढुवाबाट चारजना कोरोना संक्रमित भेटिएका छन्।
राप्ती सोनारीमा पनि कोरोना संक्रमित भेटिएका छन्। दाङको राप्ती विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पनि थप संक्रमित भेटिएका छन्। कपिलवस्तुको यशोधराका २४ जना संक्रमित भेटिएका छन्। त्यहाँ एक बालिकासहित २४ जनामा कोरोना पुष्टि भएको हो।
यससँगै नेपालमा कुल संक्रमितको संख्या ७ सय ७२ जना पुगेको छ। यसबीचमा १ सय ५३ जना संक्रमित पनि उपचार गरेर घर फर्किएका छन्। हालसम्म ४६ जिल्लामा कोरोना संक्रमित भेटिएका छन्।