×

वीरगन्ज १२ जेठ । वीरगन्जको नारायणी अस्पतालमा उपचाररत १८ जना कारोना संक्रमित आइतबार राति कोरोनामुक्त भई डिस्चार्ज भएका छन्।

कोरोना मुक्त हुनेमा वीरगन्जको छपकैया-३ का एकै परिवारका छन्। चार महिने शिशुसहित उनीहरूलाई आइतबार राति १० बजे डिस्चार्ज गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिडेन्ट मदन उपाध्यायले जानकारी दिए।

गत वैशाख २४ गते कोरोना भएको पुष्टि भएका उनीहरू एकै परिवारका ४ महिने शिशुदेखि ६६ वर्ष उमेरका ११ पुरूष र ७ महिला छन्। उनीहरूको पछिल्ला दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको मेडिकल सुपरिडेन्ट उपाध्यायले जानकारी दिए।

यसअघि शनिबार जेठ १० गते नारायणी अस्पतालमा उपचार गराईरहेका ९ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका थिए।

नारायणी अस्पतालको आईसोलेशनमा उपचार गराईरहेका ७१ जना मध्ये २६ जना निको भई डिस्चार्ज भएका छन् भने बाँकी ४५ जनाको उपचार भईरहेको छ।

यता नारायणी अस्पतालको अस्थायी कोरोना अस्पतालको रुपमा रहेको गण्डक अस्पतालमा २७ जना संक्रमितको उपचार भईरहेको छ।

वीरगन्जमा उपचार गराईरहेका संक्रमितको अवस्था सामान्य रहेको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर उपाध्यायले जानकारी दिए।

https://www.facebook.com/mahesh.das.336/videos/3430529270292006/

 

Back to top