×

वीरगञ्ज, जेठ ११ - इस्लाम धर्मावलम्बीहरुको महान पर्व इदको अवसरमा श्रीपुरमा मुस्लिम युवा हरुले गरिब असायहरुलाई इदि वितरण गरेका छन् ।

युवा समाजसेवी अब्दुल कैस हवारी को नेतृत्वमा आज मुस्लिम समुदायका ६० गरिब परिवारलाई इदि वितरण गरिएको हो ।

नेपालमा ईद भोलि अर्थात सोमबार मनाइदै छ । ईद नजिकिँदै गर्दा केही समय देखि मुस्लिम युवाहरु आफ्नो समुदायका गरीब परिवारका लागि सहयोगमा जुटि रहेको देख्न सकिन्छ ।

लकडाउनले अहिले धेरै बेरोजगार भएकाले ईद मनाउन नसक्ने अवस्थाका व्यक्तिहरुलाई मध्यनजर गर्दै युवा समुह जहुर हवारी, जफरान हवारी ,अफताब हवारी लगायतको सहयोगमा गरीबहरुलाई पर्व मनाउनका लागि सहयोग वितरण गरिएको हो।

सहयोगमा सेवइ ,चामल, अलु, तेल, नुन, चिनी र नगद रु१०० वितरण गरिएको अब्दुल कैस हवारीले जानकारी दिनुभयो।

Back to top