वीरगञ्ज, जेठ १ - पर्सामा एक जना नर्समा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्यकर्मीहरु बसेको होटेलले खाना खुवाउन छोडिएको थियो ।
तर, चौतर्फी दवाव र आलोचना पछी होटलले आफ्नो गल्ति सच्च्याउँदै स्वास्थ्यकर्मीहरुको खान पुन: सुचारु गरेको छ ।
वीरगञ्जस्थित नारायणी अस्पतालका कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीको लागि होटल कन्ट्री इनले खाना बस्नको सुविधा उपलब्ध गराउँदै आएको छ ।
जिल्लामा संक्रमितहरुको संख्या बढेपछी चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरु घर जान नसकेपछि कन्ट्री इनले नि:शुल्क रुपमा खान र बस्ने व्यवस्था मिलाएको थियो ।
तर बुधबार कोरोना संक्रमितको उपचारमा खटिएकी एक नर्समा कोरोनाको संक्रमण देखिएपछि बिहिबार बिहानबाट खाना बन्द गरेको चिकित्सक डा. निरज कुमार सिंहले जानकारी बताए ।
चौतर्फी दवाव र स्वास्थ्यकर्मीहरुले काम नगर्ने धम्कि दिएपछि होटलले पुन: खान सुचारु गरेको सिंहले जनाए ।