×

वीरगञ्ज, जेठ १ - नेपाल सरकारले लागेको लकडाउनको आज ५२ औं दिन हो । कोरोनाभाइरस अर्थात कोभिड-१९ महामारीलाई नियन्त्रण गर्न सरकारले लगाएको लकडाउनका कारण गरिव र दिन दु:खीलाई दोहोरो मार पुर्याएको छ ।

पछिल्लो समयमा वीरगञ्जमा संक्रमितहरुको संख्या बढेसँगै स्थानीय प्रशासनले जिल्लाभरि निषेधाज्ञा समेत लगाएको छ । निषेधाज्ञाका कारण एक ठाउँबाट अर्को ठाउँमा कोहि व्यक्ति जान नपाएको कारण गरिवहरुलाई खाना खुआउदै गरेका विभिन्न व्यक्तिहरुले आफ्नो हात उठाएपछि जनता समाजवादी पार्टीका नेता राजेशमान सिंह अगाडी आएका छन् ।

सिंहले आफु नेतृत्व गर्न संस्था साहिब दरबार सेवा संस्थान र सम्पर्ण सेवा संस्थाको सहयोगमा शहरका विभिन्न क्षेत्रमा गएर गरिवहरुलाई खाना खुआएका छन् ।

सिंहले नेपाल प्रहरीसँग समन्वय गरेर खान खुआउने कार्य गरेको बताए । उनले निषेधाज्ञा अवधिभरि यसरी नै विभिन्न स्थान पुगेर गरिवहरुको सेवा गर्ने जानकारी दिए ।

Back to top