काठमाडौँ, जेठ १ - नेपालमा थप एक जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । भरतपुर काेभिड अस्पतालकाे प्रयाेगशालामा गरिएकाे परीक्षणमा नवलपरासी पूर्वका एक व्यक्तिमा काेभिड-१९ काे संक्रमण पुष्टि भएकाे हाे ।
स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ संक्रमित व्यक्ति देवचुली नगरपालिका-१२ निवासी ४९ वर्षीय पुरूष हुन् ।
याेसँगै बिहीबार ३ जनामा काेराेना पुष्टि भएकाे छ । नेपालमा काेराेना संक्रमितकाे संख्या २ सय ४६ पुगेकाे छ । यीमध्ये ३५ जना निकाे भएका छन् ।