×

वीरगञ्ज, जेठ १ - नेपालमा थप ५ व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको छ । थपिएका नयाँ संक्रमित मध्ये एक महिला र ४ पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विहान जारी गरेको विज्ञप्तिमा नेपालमा थप पाँच व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । पाँच संक्रमित थपिएसँगै नेपालमा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिहरुको संख्या बढेर २ सय ५० पुगेको छ ।

थपिएका सबै संक्रमित प्रदेश नं. २ बाट रहेका मन्त्रालयको प्रेस विज्ञप्तिमा उल्लेख छ । संक्रमित मध्ये एक सर्लाही जिल्लाको धन्कौल नगरपालिकावासी ४५ वर्षिय पुरुष रहेका छन् भने अर्का संक्रमित धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका का ४० वर्षिय पुरुष र मिथिला नगरपालिकाकी २० वर्षिय महिला रहेका छन् ।

त्यसैगरि चौथा संक्रमित महोत्तरी जिल्लाको जलेश्वोर नगरपालिकाका १६ वर्षिय पुरुष र पाँचौं संक्रमित सोहि जिल्लाको बलवा नगरपालिकाका ३५ वर्षिय पुरुष रहेका छन् ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सह-प्रवक्ता डा. सुमितकुमार अधिकारिले जनाएका छन् । आज बिहान मात्रै काठमाडौँ जिल्ला र कपिलवस्तु जिल्ला गरि २ नयाँ संक्रमित थपिएका थिए ।

Back to top