×

वीरगञ्ज, बैशाख ३० - पर्सामा थप १८ व्यक्तिलाई कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार राति एउटा प्रेस विज्ञप्ति जारि गर्दै थप २६ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । संक्रमितहरु मध्ये १८ जना पर्साका रहेका छन् भने, महोत्तरी जिल्लाका २, धनुषा जिल्लाका २, काठमाडौँ जिल्लाका १, भक्तपुर जिल्लाका २ र सर्लाही जिल्लाका १ रहेका छन् ।

पर्सामा भेटिएका नयाँ संक्रमति मध्ये २२ देखि ४५ वर्ष सम्मका ६ पुरुष रहेका छन् भने १६ देखि ५९ वर्ष सम्मका १२ महिला रहेका छन् ।

यसैसँगै नेपालमा संक्रमितको संख्या २ सय १७ पुगेको छ भने पर्सामा कोरोना संक्रमितको संख्या ८५ पुगेको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले जनाएको छ ।

Back to top