×

बारा २९ बैशाख । बाराका कृयाशिल पत्रकार पवन यादवमाथि आक्रमण भएको छ ।

कलैयाबाट प्रकासन हुने पत्रिका, तराई मधेस दैनिकका प्रकासक यादवलाई गएराती मानमत मटिअर्वा सडक अन्तर्गत कलैया उपमहानगरपालिका–१६ हनुमान मन्दिर नजिकै केहि ब्यक्तीले आक्रमण गरेका हुन् ।

राती करिब आठ बजे मोटरसाइकलमा घर जाँदै गरेका यादवलाई चार जनाको समुहमा बाटो छेउमै बसेका ब्यक्तीले कुटपिट गरेर भागेको पत्रकार शिवशंकर मिश्रले बताए ।

टाउकोमा चोट लागेका यादवको हाल जिल्ला अस्पताल कलैयामा उपचार भैरहेको छ । उनको स्वास्थ्य अवस्था भने सामान्य छ । आक्रमण गर्नेहरुको खोजी सुरु गरिएको बारा प्रहरीले जनाएको छ ।

Back to top