वीरगञ्ज २८ बैशाख । वीरगञ्जस्थित लिंकरोडबाट दिउँसो पक्राउ परेका पत्रकार तिवारी यादवलाइ प्रहरीले रिहा गरेको छ । वीरगन्जको सामुदायिक रेडियो नारायणी एफएमकै प्रवेशद्वारबाट पत्रकार यादवलाई प्रहरीले पक्राउ गरेको थियो ।
पत्रकार यादव ५ घण्टा पछि रिहा भएका हुन । पर्सा प्रहरीको ज्यादतिको बिरुद्धमा नेपाल पत्रकार महासंघ पर्साले आन्दोलनको घोषणा गरेको छ ।
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले पर्सेली संचारकर्मीहरु आजैबाट जिल्ला प्रहरी कार्यालय पर्साको सम्पुर्ण समाचार बहिष्कार गर्ने र भोली बिहान ८ बजे घण्टाघरमा धर्ना दिने जनाएको छ ।
अध्यक्ष श्याम बन्जाराले पत्रकार माथि गरेका दुरव्यहारको घोर बिरोध गर्दै दोसी प्रहरी माथि कारवाही नभए सम्म आन्दोलन गर्ने जानकारी दिनुभयो । पत्रकार यादवको मोबाईल अहिले पनि प्रहरीले नै राखेको छ ।