×

वीरगंज २८ बैशाख । नारायणी अस्पताल आम जनताका लागि सुचारु गर्न माग गर्दै जनता समाजवादी पार्टीका नेता नेजामुद्दिन शमानी आज आठौ दिन पनि धर्नामा बसेका छन । नारायणी अस्पताल सुचारु गर्न पत्र नआए सम्म बिरोधको कार्यक्रम जारी रहने जनता समाजवादी पार्टीका नेता शमानीले वताउनु भएको छ ।

नेता शमानीले नारायणी अस्पताल बीरगंजलाई संघिय सरकारद्वारा कोरोना अस्पताल बनाए पछि जनता समाजवादी पार्टी लगायत सम्पूर्ण राजनीतिक दल नागरिक समाज संघ संस्थाले आवाज उठाउदा पनि सुनुवाइ नभए पछि बाध्य भएर लकडाउनको कारण बैशाख २१ गते देखि प्रत्येक दिन आफनो घरको गेटमा कालो झंडा बान्धि धर्नामा बसेको र यो धर्ना पार्टीको नभई सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, आम जनसमुदायको भएकोले यस बिरोध धर्ना कार्यक्रममा साथ दिने सम्पूर्ण पार्टीका नेता, नागरिक समाजको अगुवा, पत्रकार, आम जन समुदायलाई धन्यवाद दिनु भएको छ ।

यसका साथै शमानीले संघिय सरकारको प्रतिनिधिले नारायणी अस्पताल सुचारु गर्नकोलागी पत्र दिने भनिएता पनि पत्र नआएको र संघिय सरकारको पत्रबाट कोरोना अस्पताल भएको कारण नारायणी अस्पताल सुचारु गर्न पत्र नआए सम्म (घर घरबाट बिरोध) भने नाराको साथ हाम्रो धर्ना अभियान प्रत्येक दिन बिहान १० बजे देखि ११ बजे सम्म जारी रहने वताउनु भएको हो । उहाँले जनताको ज्यानसंग खेलवाड नगर्न सरकारसंग अनुरोध समेत गर्नु भएको छ ।

Back to top