×

वीरगन्ज २८ बैशाख । नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या ११० पुगेको छ। आइतवार बिहान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप एक जनामा कोभिड-१९ भेटिएको जनाएको छ ।

मन्त्रालयद्वारा जारी वक्तव्यमा भनिएको छ, "कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणअनुसार नयाँ पुष्टि भएको सङ्ख्या एक छ । जो उदयपुर भुल्के निवासी ४३ वर्षीया महिला हुनुहुन्छ।"

Back to top