वीरगन्ज २७ बैशाख । प्रदेश नं २ को मुख्यमन्त्री लालबावु राउत र भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनलले श्री नं २८ बाहिनी अड्डा बाराको जितपुरमा ‘एकीकरण स्मृति उद्यानको आज शिलान्यास गरेका छन् ।
नेपाली सेनाको इतिहास प्रवद्र्धनमा सहयोग पुर्याउँदै राष्ट्रिय एकतालाई टेवा पुर्याउन र नेपालको एकीकरण अभियानमा मधेशवासीको योगदान झल्काउने खालको सो स्मृति उद्यान निर्माण हुने भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनलका प्रेस संयोजक संतोष यादवले जानकारी गराए ।
सो अवसरमा प्रदेशका मुख्यन्यायाधिवक्ता दीपेन्द्र झालगायतको उपस्थिति थियो । सामाजिक दूरी कायम गरी सो कार्यक्रम सम्पन्न भएको थियो ।