×

वीरगञ्ज, बैशाख २६ - पर्साको वीरगञ्जमा थप एक जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार एउटा प्रेस विज्ञप्ति जारि गर्दै नेपाल थप ७ व्यक्तिमा कोरोना सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

वीरगञ्जमा भेटिएका नयाँ सङ्क्रमित वीरगञ्ज महानगरपालिका वडा नं. ३ का ६२ वर्षीय वर्षीय पुरुष भएको वीरगञ्ज महानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष बैजु प्रसाद स्वर्णकारले पुष्टि गरे । वीरगञ्जमा ३ दिन अगाडि भेटिका सङ्क्रमितहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान गरेर परीक्षण गर्दा नयाँ सङ्क्रमित भेटिएका हुन् ।

बुधबार वीरगञ्ज महानगरपालिका वडा नं. ३ मा एकै परिवार १७ जना सङ्क्रमित भेटिएपछि वडालाई सिलबन्दी गरेर कन्ट्याक्ट ट्रेसिङ्ग सुरुगरिएको थियो । कन्ट्याक्ट ट्रेसिङ्ग गरि ७९ जना व्यक्तिको स्वाब सङ्कलन गरेर परिक्षण गर्दा सोहि वडाका एक व्यक्तिमा कोरोना पोजेटिभ भेटिएको हो ।

नयाँ सङ्क्रमितको घर बुधबार भेटिएका सङ्क्रमितहरुको घरबाट १५-२० मिटरको दुरीमा रहेको वडा अध्यक्ष स्वर्णकारले जानकारी दिए । उनि आफ्नै घरमा किराना पसल थापेर बस्दै आएका छन् । सङ्क्रमितलाई नारायणी अस्पतालको आइसोलेसनमा भर्न गर्ने त्यारी भइरहेको स्वर्णकारले बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह-प्रवक्ता समिरकुमार अधिकारीका अनुसार शनिबार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उहाँको स्वाबलाई पीसीआर प्रविधिबाट परिक्षण गर्दा सङ्क्रमण पुष्टि भएको जानाकारी दिए ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सह-प्रवक्ता अधिकारीले जानकारी दिएका छन् । यसैसँग नेपालमा सङ्क्रमितको सङ्ख्या १ सय ९ पुगेको छ भने वीरगञ्जको नारायणी अस्पतालमा उपचार गराइरहेका सङ्क्रमितको सङ्ख्या २९ पुगेको छ ।

Back to top