×

बीरगंज २७ बैशाख । बीरगंज महानगरपालिका वडा नं १४ का वडाध्यक्ष भरत राउत कुर्मीले महानगरको बोर्ड बैठकमा माफी मागेका छन । बीरगंज महानगरपालिकाका प्रवक्ता सन्तोष तिवारीले शुक्रवार जारी गर्नु भएको प्रेस बिज्ञप्ति मार्फत वडाध्यक्ष राउतले माफी माँगेको जानकारी गराउनु भएको हो ।

बीरगंज महानगरपालिकाको बोर्ड बैठक बैशाख २३ गते सम्पन्न भएको थियो । सोही बैठकमा वडाध्यक्ष भरत कुर्मीले राहत वितरणकालागि प्राप्त चामलको गुणस्तर सम्बन्धमा आफुले गलत कुरा गरी सोही बमोजिम गलत सूचना प्रवाह गरेको स्वीकार गर्दै बोर्डबैठकमा माफी माँगेको बिज्ञप्तिमा उल्लेख छ । कुर्मीले माफी माँगेपछि बोर्ड बैठकले कुर्मीलाई कारवाही गर्दै अव उप्रान्त त्यस्तो गल्ती नगर्न सचेत गराउने निर्णय गरेको तिवारीद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ । नगर सभागृहमा पत्रकार सम्मेलन गरि मेयर बिजय सरावगीले प्रचारमा आए जस्तो चामल नकुहिएको र खान योग्य रहेको जानकारी दिनुभयो ।

महानगरले बनाएको तिन सदस्यीय छानबिन समितीले दिएको प्रतिवेदन अनुसार चिसोले गर्दा तिनबोरा चामल ओसिएकोले चामल अलि भिजेको जस्तो देखिएको जानकारी दिनुभयो । मेयर सरावगीले चामल बारे अनावश्यक भ्रम फैलाउने वडा अध्यक्ष भरत कुर्मीलाई बैठकबाट सचेत गराउने निर्णय भएको जानकारी दिनुभयो । यसैवीच राहतमा बितरण गरिएको चामल कुहिएको भनेर राहत बितरणको काममा अवरोध सृजना गरेका बीरगंज महानगरपालिका वडा नं १४ का वडाध्यक्ष भरत राउत कुर्मीले महानगरको बोर्ड बैठकमा पुगेर माफी माग्नु भएको छ ।

बोर्ड बैठकमै वडा नं १४ को राहत बितरणका सम्बन्धमा छानविन गर्न बनेको टोलीले बुझाएको प्रतिवेदनमा पनि छलफल भएको थियो । महानगरपालिकाद्धारा गठित छानविन समितिले वडा नंं.१४ को कार्यालयमा पुगी स्थलगत अध्ययन, सरोकारवाला पक्षको धारणा सहित तयार पारेको प्रतिवेदनले चिसोले गर्दा चामल ओसिएको निष्कर्ष निकाल्दै बाहिर प्रचारमा आयोजस्तो चामल कुहिएको नरहेको ठहर सहितको प्रतिवेदन बुझाएको बिज्ञप्तिमा उल्लेख छ ।

Back to top