वीरगंज २६ बैशाख । वीरगंजका मेयर बिजय सरावगीले वडा नम्बर १४ मा बितरण गरिएको चामल नकुहिएको जानकारी दिनुभएको छ । नगर सभागृहमा आज पत्रकार सम्मेलन गरि मेयर सरावगीले प्रचारमा आए जस्तो चामल नकुहिएको र खान योग्य रहेको जानकारी दिनुभयो ।
महानगरले बनाएको तिन सदस्यीय छानबिन समितीले दिएको प्रतिवेदन अनुसार चिसोले गर्दा तिनबोरा चामल ओसिएकोले चामल अलि भिजेको जस्तो देखिएको जानकारी दिनुभयो । मेयर सरावगीले चामल बारे अनावश्यक भ्रम फैलाउने वडा अध्यक्ष भरत कुर्मीलाई बैठकबाट सचेत गराउने निर्णय भएको जानकारी दिनुभयो ।
उहाँले केहि संचार माध्यमबाट तथ्यहिन र भ्रम छर्नेखालका समाचार प्रकाशन,प्रशारण भएको प्रति गम्भिर ध्यानाकर्षण भएको समेत पत्रकार सम्मेलनमा जानकारी गराउनुभएको थियो । पत्रकार सम्मेलमा उपमेयर शान्ति कार्की, प्रवक्ता संतोष तिवारी लगायतको सहभागिता रहेको थियो ।