×

वीरगञ्ज, बैशाख २६ - वीरगञ्ज महानगरपालिकास्थित नारायणी अस्पताल, जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय बीर्ता र श्रीपुर तथा वडा नम्बर ११ दुर्गा टोल श्रीपुरमा सेनिटाइजिङ गरिएको छ।

साहिब दरबार सेवा सस्थान र समर्पण सेवा सस्थाको समन्वयमा कोभिड १९ को सङकमणबाट सुरक्षित रहन सेनिटाइजिङ गरिएको साहिब दरबार सेवा सस्थानका अध्यक्ष राजेशमान सिंहले जानकारी दिनुभएको हो ।

वीरगञ्ज महानगरपालिका भित्र कोरोना भाइरस कोभिड १९ बाट उच्च जोखिम भए पछि वडा बासिन्दाहरुको हितका लागि सबै वडाहरुमा सेनिटाइजिङ छर्नुको साथै विपन्न गरिव र दैनिक ज्यालादारी काम गर्ने मजदुरहरुलाई नि:शुल्क खानाको व्यवस्थापन समेत गरिएको अध्यक्ष सिहले बताएका छन् ।

उनले लकडाउनका कारण खाननपाएका सडक पेटिकामा बसेका बटुवा र गाईवस्तु कुकुरहरुलाई समेत खान खुवाउने काम साहिब दरबार सेवा सस्थानले गरेको बताए ।

राहुल कुमार तुल्सीयानको नेतृत्वमा सुनिल कुमार, सुनिल राउत, किसान राउत, बिशाल राउतको टोली रहेको थियो । साहिब दरबार सेवा सस्थानले सामाजिक कार्यमा राम्रो काम गरेको दुर्गा टोल सुधार समितिका सचिव बिकास शर्माले धन्यवाद दिनु भएको थियो । दुर्गा टोल सुधार समितिका अध्यक्ष एवम् सामुदायिक सेवा केन्द्रका सचिव दिलिप प्रधान,टोल सुधार समितिका सदस्य राज भण्डारी लगायतको उपस्थित रहेको थियो ।

Back to top