×

वीरगञ्ज, बैशाख २६ - वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका स्वास्थ्य चौकीहरुमा स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

कोरोनाभाइरस अर्थात कोभिड-१९ को महामारी विरुद्ध फ्रन्टलाईनमा आएर खटिरहेका स्वास्थ्य कर्मीहरुका लागि संसदीय कोषको रकमबाट महानगरपालिकाका विभिन्न स्वास्थ्य चौकीहरुमा स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

पर्सा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप यादवले आफ्नो मासिक तलबबाट उपलब्ध गराएको रकमबाट वीरगञ्ज महानगरपालिका वडा नं. ११, १६, १८, २१, २२ र २३ स्थित स्वास्थ्य चौकीहरुमा स्वास्थ्य सामग्री वितरण गरिएको थियो ।

जनता समाजवादी पार्टीका नेता एवम् तत्कालिन समाजवादी पार्टीका वीरगञ्ज महानगर कमिटिका अध्यक्ष इश्वर चन्द्र यादवको नेतृत्वमा गएको टोलिले स्वास्थ्य चौकीहरुमा पीपीई सेट, थर्मल गन, मास्क, पञ्जालगयात स्वास्थ्य सामग्री वितरण गरिएको थियो ।

वितरण कार्यक्रममा प्रदेशसभा सदस्य जन्नत अंसारी, वडा अध्यक्ष श्यामबाबु चौरसिया, ग्यासुदिन मिया, अजय चौरसिया, राधाकृष्ण रौनियार, दिनेश पटेल, जमुना यादवलगयातको सहभागिता रहेको थियो ।

Back to top