×

वीरगंज २६ बैशाख । नेपाल पत्रकार महासंघ पर्सा शाखाको अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा बसेको बैठकले प्रेस पासको व्यवस्थापन र राहत कोषको स्थापना गर्ने निर्णय गरेको छ ।

बैठकले प्रेस पासको हकमा सम्बन्धित सञ्चार संस्थाको परिचयपत्र, संस्थाको सिफारिस वा सूचना विभागको कार्ड भएको र लकडाउन शुरु भएको पाचदिन अगाडीको र जारी लकडाउनमा प्रकाशित एकदिनको पत्रिकाको प्रतिलिपी अनिवार्य गरेको छ ।

यस्तो प्रकृया पुरा गर्ने दैनिक पत्रिकाको हकमा दुईजना र साप्ताहिक पत्रिकाको हकमा एकजनालाई मात्र पास उपलब्ध गराउन सिफारिस गरेको छ । अनलाईनको हकमा प्रेस काउन्सिल र कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएकाहरुलाइ र एफएमहरुको हकमा पाँच÷पाँचवटा प्रेस पास उपलब्ध गराउनुपर्ने निर्णय गरेको छ ।

स्थानिय टेलिभिजनलाई पाँचवटा र केन्द्रका टेलिभिजनलाई दुई-दुईवटा पास उपलब्ध गराउन सिफारिस गर्ने निर्णय गरेको छ । बैठकले लकडाउनको बेलामा प्रेस लेखिएको ज्याकेट, परिचयपत्र तथा सवारी साधनमा प्रेस लेखी अनावश्यक काममा प्रयोग भएका भन्दै त्यस्ता उपर छानविन गरी प्रहरी प्रशासनलाई कारवाइ गर्न भनेको छ ।

लकडाउनमा विविध समस्यामा परेका पर्सेली सञ्चारकर्मीहरुका लागि राहत कोष स्थापना गर्न कोषाध्यक्ष भूषण यादवको संयोजकत्वमा सहसचिव आरके पटेल र सदस्य मनोज पटेल रहेन गरी तीन सदस्य समिती बनाएको छ ।

Back to top