×

चिरञ्जीवी यादव वीरगन्ज २५ बैशाख । पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर,२ पान्डेपुरमा आज बिहानपरेको पानी सहितको असिना संगै मेघगर्जदा चट्ट्याङको त्रासले एक बालिकाको बेहोस भएर मृत्यु भएको छ । मृत्यु हुनेमा वार्ड नम्बर,२ पाण्डेपुरका राजु साह तेलिका ६ बर्शीय छोरी उषा कुमारी साह रहेको प्रहरीले जनाएको छ।

मृतक बालिकाको लासलाई पोस्टमार्डमको लागि बिरगंजको नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिहले बताउनु भएको हो । घटनाबारे बिस्तृत जानकारी लासको पोस्ट मार्डम पाछि आउने प्र.नी. सिहले बताए ।

Back to top